Sagun Khabar
बैतडीका हरिश करेन्ट लागेर बुटवलमा अस्ताए 

बैतडी –बैतडी घर भएका एकजनाको करेन्ट लागेर बुटवलमा मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका २ कट्नोलीका ४३ बर्षीय हरिश चन्दको करेन्ट लागेर मृत्यु भएको हो । 

एक निर्माण कम्पनीमा विद्युतको काम गर्दै आएका चन्दको विद्युतकै काम गर्ने सिलसिलामा करेन्ट लागेर बिहीबार मृत्यु भएको स्थानीय समेत रहेका राप्रपाका जिल्ला उपाध्यक्ष देवबहादुर चन्दले बताए । 

गौरा पर्वको समयमा चन्दको निधन भएपछि अहिले पुरै गाउँ शोकमा डुबेको छ । मृतक चन्दको घरमा श्रीमति, तीन छोरी र एक छोरा रहेका छन् । मृतक चन्दको वासुलिंग आर्यघाटमा आजमात्रै दाहसंस्कार गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update