Sagun Khabar
बैतडीको निलपालेश्वर माविको अध्यक्षमा पन्त चयन 

बैतडी –बैतडीको पाटन नगरपालिका १० स्थित निलपालेश्वर मावि डैँसिलीको विद्यालय व्यवस्थान समितिको अध्यक्षमा भुपेन्द्र पन्त (भास्कर) चयन भएका छन् । विद्यालयमा भएको अभिभावक भेलाले पन्तलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । 

अध्यक्षमा चयन भएपछि पन्तले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक क्षेत्रमा  परिवर्तन ल्याउने दाबी गरेका छन् । अबका दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आफूले भूमिका खेल्ने अध्यक्ष पन्तले बताए ।  

अबका दिनमा विद्यालयमा यस्ता समस्या आउन नदिन आफूले भूमिका खेल्ने अध्यक्ष पन्तले बताए । विद्यालयको सर्वाङगीण विकासका लागि समाजका सबैसंग हातेमालो गरेर अघि बढ्ने पन्तले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update