Sagun Khabar
भिमदत्त राजमार्ग आज बिहान १० बजेदेखि बन्द, मर्मतको काम चल्दै 

बैतडी –सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग आज बिहान १० बजेदेखि बन्द हुने भएको छ । कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा सडक मर्मत गर्नका लागि राजमार्ग बन्द गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

बिहान १० बजेदेखि दिउँसो ४ बजे सम्म सडक मर्मतको काम चल्ने ट्राफिक प्रहरीले जनाएको छ । 

गएको साउन २२ गते राजमार्गमा खसेको पहिरोका कारण सडक पुरै भासिएको थियो । नयाँ ट्रयाक खोलेर राजमार्ग सञ्चालनमा ल्याइएको छ । नयाँ ट्रयाक खोलेका ठाउँमा मर्मतका लागि आज सडक बन्द गरिने भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update