बैतडीका शिक्षक एकसातादेखि बेपत्ता,अझै फेला परेनन्
बैतडी–बैतडीका एक शिक्षक एकसातादेखि बेपत्ता रहेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ बर्षीय शिक्षक जयबहादुर बोहरा गएको मंगलबार साँझदेखि बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।
लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते मंगलबार बेलुका विद्यालयबाट घर फर्किदा बेपत्ता भएका हुन् । शिक्षक बोहरा बेपत्ता भएको भोलिपल्ट बुधबारदेखि खोजी कार्य जारी रहेको भएपनि अहिले फेला पर्न सकेका छैनन् ।
बेपत्ता शिक्षकले लगाएका चप्पल स्थानीय गन्नीगाडको छेउमा फेला परेका बताइएको छ । अहिले मातहतका प्रहरीचौकीमार्फत खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० १२:२२
प्रतिक्रिया दिनुहोस्




