बैतडी–गौहत्यामा संलग्नलाई कानुनी कारवाहीको माग गर्दै राप्रपा बैतडीले ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए ।
धरानमा गाईगोरु काटेर मासु खाएको भिडियो सामाजिक सञ्जालमा राखेर सामाजिक सद्भाव बिगार्नेहरुलाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापन पत्रमा बहुसंख्यक हिन्दु रहेको देशमा सनातनी संस्कार मान्दै आएका ओमकार परिवारलाई खुला चुनौती दिने, हिन्दूको मन्दिरसंगै चर्च बनाउनेहरुले सामाजिक सदभाव बिगारेको भन्दै कारवाहीको माग गरिएको छ ।
हिन्दु धर्मावलम्बीहरुले शान्तपूर्ण रुपमा गर्न लागेको विशाल जनसभामा सरकारले रोक लगाउनुले पनि हिन्दु धर्मप्रति सरकारको रवैया रहेको पुष्टि भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
संविधान र कानुनको विपरीत गौहत्यमा संलग्नहरुलाई कारवाही गरी सनातन संस्कृति मान्दै आएका सनातनी ओमकार परिवारको आस्थाको सम्मान गर्न र सामाजिक शान्ति कायम गर्नुपर्ने राप्रपा बैतडीले माग समेत गरेको छ ।





