Sagun Khabar
बैतडीको दोगडाकेदारले भू–उपयोग क्षेत्र वर्गीकरण गर्यो, जग्गा कित्ताकाटको बाटो खुल्यो 

बैतडी –बैतडीको दोगडकेदार गाउँपालिकाले भूउपयोग क्षेत्रको वर्गीकरण गरेको छ । पालिकाभित्र रहेको जग्गालाई कृषि तथा गैह्र कृषि क्षेत्रमा वर्गीकरण गरेको हो । 

वर्गीकरणको काम सकिएसँगै पालिकाको भूउपयोग परिषद्बाट समेत पारित भई कार्यान्वयनको चरणमा गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीले बताए । 

जग्गाको वर्गीकरणको काम परामर्शदातामार्फत चार महिनामा सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत धामीले बताए । जग्गा वर्गीकरण भएसँगै जग्गाको कित्ताकाट तथा अंशबण्डाको काम समेत सुचारु भएको पालिकाले जनाएको छ ।

वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र छन् । जग्गालाई १० समूहमा वर्गीकरण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।

बैतडीमा जग्गा वर्गिकरण गर्ने पहिलो स्थानीय तह दोगडाकेदार गाउँपालिका बनेको छ । अन्य स्थानीय तहहरुले जग्गा वर्गीकरणको काम नसक्दा कित्ताकाट, अंशबण्डा लगायतका कामहरु रोकिएका छन् । 

Jagga1693312949.jpg

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update