Sagun Khabar
बैतडी अस्पतालमा मानसिक स्वास्थ्य शिविर : ४० जनाले सेवा लिए 

बैतडी –जिल्ला अस्पताल बैतडीमा बुधबार सञ्चालन भएको मानसिक स्वास्थ्य शिविरमा ४० जनाले सेवा लिएका छन् । मानसिक समस्या भएका बिरामीहरुलाई लक्षित गरेर हरेक महिनाको १३ गते अस्पतालमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । 

विश्व स्वास्थ्य संगठनसंगको सहकार्यमा अस्पतालमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको अस्पतालका निमित्त प्रमुख डा. धिरज जैसवालले बताए । 

मानसिक समस्या जनस्वास्थ्यको विकराल समस्याको रुपमा देखा परेकाले स्थानीय नागरिकलाई सेवा लिन सहज होस भनेर अस्पतालमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको अस्पताल व्यवस्थापन अधिकृत सुमन महराले बताए । 

शिविरमा मानसिक रोग बिशेषज्ञ डा. निराजन भट्टराईले सेवा दिएका थिए । शिविरमा आएका बिरामीहरुलाई आवश्यक उपचारका साथै परामर्श सेवा समेत दिइएको महराले बताए । 
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update