Sagun Khabar
बैतडीको शिक्षा केन्द्र अमर माविमा क्याम्पस स्थापनाको पहल 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका ७ स्थित शिक्षा केन्द्रमा अमर माविमा क्याम्पस स्थापनाका लागि पहल शुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयले क्याम्पसहरुका लागि सम्बन्धन खोलेपछि क्याम्पस स्थापनाका लागि पहल शुरु भएको स्थानीय प्रजापति जोशीले बताए । २०१४ सालमा स्थापना भएको सो विद्यालय डिलाशैनीको पुरानो विद्यालय समेत रहेको उनले बताए । 

चालु शैक्षिक सत्रबाटै स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा पढाई गर्ने लक्ष्यसहित पहल शुरु भएको विद्यालयका प्रधानाध्यापक प्रमानन्द भट्टले बताए । क्याम्पस स्थापनाका बिषयमा छलफल गर्नका लागि डिलाशैनी गाउँपालिका वडा नं २ देखि ७, पुर्चौंडी नगरपालिका वडा नं २, ९ र १० तथा दोगडाकेदार गाउँपालिका १ का अभिभावकहरुको भेला यही भदौ १८ गते बोलाइएको छ । 

दुर्गम क्षेत्रका विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच पुर्याउने उद्देश्यले क्याम्पस स्थापनाका लागि पहल शुरु भएको शिक्षा केन्द्र अमर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश धामीले बताए । 

यस्तै दशरथचन्द नगरपालिका ११ स्थित केदार नागार्जुन मावि बगलेखान र मेलौली नगरपालिका २ स्थित केदारेश्वर मावि दुर्गास्थानमा पनि क्याम्पस स्थापनाका लागि पहल भइरहेको छ । 

Sixa kendra suchana1693571966.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update