बैतडी–बैतडीको पाटन नगरपालिका १ डैंसिलीस्थित कैलाश आधारभूत विद्यालयको ३५ औं बार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मञ्जु बम प्रमुख अतिथी रहेकी थिइन् ।
बार्षिकोत्सव समारोहमा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा र राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर (कपील) बिशिष्ट अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक गगनसिंह बोहराले ८२ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । अहिले विद्यालयसंग १४ लाख ६२ हजार बचत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठगुन्नाले बताए ।
बार्षिकोत्सवको अवसरमा हाजिरीजवाफ लगायतका अतिरिक्त क्रियाकलापका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत सञ्चालन भएका थिए ।
कक्षा ८ सम्म पढाई हुने सो विद्यालयमा २ सय विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कुनै कसर बाँकी नराख्ने अध्यक्ष ठगुन्नाले दाबी गरे ।




