Sagun Khabar
अटो दुर्घटना हुँदा  महिलाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ रुमायल भिरमा अटो दुर्घटना हुँदा बडीकेदार गाउँपालिका ३ विछराकी ५८ वर्षीया कस्तुरी देवी जेठाराको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सहजपुर बोगटान दिपायल सडक खण्ड अन्तर्गत रुमायल भिरमा बिपीनगरबाट खड्यौली आउँदै गरेको सुप्र ०१००१ ह ५४०६ नम्बरको अटो गएराति अन्दाजी  दुर्घटना परेको  प्रहरी चौकी खड्यौलीका इन्चार्ज भाष्करदत्त पन्तले जानकारी दिए।

अटो चालक बडीकेदार १ का उत्तम बोहरा सामान्य घाइते भई प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। रघटनाको  कारण खुलेको छैन् ।  अटो सडक बाट करिब ५० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको  प्रहरीले जनाएको  छ । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update