Sagun Khabar
बैतडीमा उपमेयर कप क्रिकेट प्रतियोगिता शुरु 

भगीरथ अवस्थी -बैतडी, ३ चैत–
बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि चौथो संस्करणको उपमेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र उप– प्रमुख मीना चन्दले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा बैतडी जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष तथा जिल्ला समन्वय समितिका सदस्य रमेश बोहरालगायतको उपस्थिती रहेको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

उद्घाटन खेलमा दशरथचन्द नगरपालिका वडा नं ६ थालिगडा विजयी भएको छ । थालिगडाले साविक विजेता वडा नं २ देहिमाडौंलाई २१ रनले पाखा लगायोे । थालिगडाले दिएको १ सय ४३ रनको लक्ष्य पन्छाएको देहिमाडौंले १ सय २२ रन मात्रै बनाउन सक्यो ।

जसमा वविता बोहराले सर्वाधिक २३ रनको योगदान दिइन् । थालिगडाका पुजा कार्की र दमयन्ती ओडले समान २÷२ विकेट हारे पारे ।

त्यसअघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिंग गरेको थालिगडाले २० ओभरमा ८ विकेटको क्षतीमा १ सय ४२ रन बनायो ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update