बैतडी–बैतडीको मेलौलीमा सम्पन्न भएको जिल्लास्तरीय अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि दशरथचन्द नगरपालिका–२ को टीमले हात पारेको छ ।
मेलौली खेलमैदान बिट्ठेनीमा भएको फाइनल खेलमा सिगास –५ को टीमलाई हराउँदै दशरथचन्द नगरपालिका–२ टीमले जित हात पारेको हो ।
उपाधिसँगै दनपा –२ ले नगद १ लाख ११ हजार १११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै दोश्रो भएको सिगास –५ ले नगद ७७ हजार ७ सय ७७ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा तेश्रो भएको मेलौली नगरपालिका–९ को टीमले नगद ४४ हजार ४४४ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
जिल्ला खेलकुद समिति बैतडीको आयोजनामा कार्तिक १३ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज समापन भएको हो । स्थानीयस्तरमा भएको खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने, नयाँ खेलाडीहरुको पहिचान गर्ने र खेल पर्यटनलाई बढावा दिने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।





