Sagun Khabar
पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत अञ्जु चौधरी हाजिर 

बैतडी–बैतडीको पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत अञ्जु चौधरी आज हाजिर भएकी छन् । 

उपसचिव चौधरीलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन पहिला पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो । 

प्रमुख प्रशासकीय अधिकृत चौधरी हाजिर भएसँगै नगरपालिकाका आर्थिक तथा प्रशासनिक कामहरु अगाडि बढ्ने बताइएको छ । 

नयाँ प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई आज एक कार्यक्रमकाबीच नगरपालिकामा स्वागत गरिएको नगर प्रमुख गौरीसिंह रावलले बताए । नगर प्रमुखसहितका जनप्रतिनिधि र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत चौधरीको स्वागत गरेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update