Sagun Khabar
बैतडीका पाण्डेयसहित सुदूरपश्चिमका ९ जनालाई राष्ट्रिय शिक्षा पुरस्कार 

बैतडी –राष्ट्रिय शिक्षा दिवसको अवसरमा बैतडीका जितबहादुर पाण्डेय पुरस्कृत भएका छन् । सार्वजनिक विद्यालयका शिक्षकतर्फ वासुदेव मावि लिस्किटाका प्रधानाध्यापक पाण्डेयलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको हो । 

लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहेका पाण्डेय राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत भएका हुन् । पाण्डेयसंगै सार्वजनिक विद्यालयका शिक्षकतर्फ सुदूरपश्चिमका अन्य ८ जना पनि पुस्कृत भएका छन् । महेन्द्र मावि दार्चुलामा कार्यरत माध्यमिक शिक्षक रामदत्त जोशी, महेन्द्र मावि डडेल्धुराका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐर, बझाङको सत्यवादी मावि भोपुरमा कार्यरत माध्यमिक शिक्षक हितराज जोशी र डोटीको केदारेश्वर मावि शिखरमा कार्यरत शिक्षक गगनसिंह कार्की पनि राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत भएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै बाजुराको भानोदय मावि बुढीगंगाका प्रधानाध्यापक मनबीर खाती, अछामको जल्पादेवी माविका माध्यमिक शिक्षक सुरेन्द्रबहादुर खड्का, कैलालीको पञ्चोदय माविका प्रधानाध्यापक हरिशकुमार ओझा र कञ्चनपुरको निङ्गलाशैनी माविका माध्यमिक शिक्षक घनश्याम भट्टलाई पनि राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ । 

Screenshot Sixa 1695119452.png

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update