Sagun Khabar
वर्षा रोकिएपछि बैतडीमा यातायात सुचारु 

बैतडी–शुक्रबारदेखि भइरहेको वर्षा रोकिएपछि बैतडीमा यातायातका साधन सञ्चालन आएका छन् । 

शुक्रबारदेखि लगातार वर्षा भएपछि स्थानीय प्रशासनले शनिबार र आइतबार लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । 

वर्षा रोकिएपछि आज बिहान ५ बजेदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सवारी साधन सञ्चालनमा आएसँगै यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  ०७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update