Sagun Khabar
सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगमा उपाध्याय नियुक्त
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुपकुमार उपाध्याय नियुक्त भएका छन् । 

नेपाल सरकारका पूर्व सचिव उपाध्यायलाई मङ्गलबार आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो । उपाध्यक्ष उपाध्यायलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । आयोगका अध्यक्ष एवं मुख्यमन्त्री कमलबहादुर शाहले उपाध्यायलाई शपथ ग्रहण गराएका हुन् । 

उपाध्यायले नेपाल सरकारको सचिवको रुपमा प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय र उर्जा मन्त्रालयमा काम गरेको अनुभव छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update