Sagun Khabar
नवरात्रको छैटौं दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै 

बैतडी– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

हरेक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

नवरात्रको पहिलो दिन असोज २८ गते आइतवार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसैदिन घटस्थापना गरिएको ठाउँमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौँ दिन हिजो स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो ।

नवरात्रका अवसरमा बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा भक्तजनको घुइँचो बढेको छ । प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, काफ्लाशैनी, फाल्ङासैनी लगायतका भगवती मन्दिरहरुमा दैनिक विधि पूर्वक पूजाआजा हुने गरेको छ । 

यस्तै सिगास, केदार, महारुद्र, वासुलिङ्ग, अनिरुद्र, उदयदेव,शिवनाथ,जगन्नाथ लगायतका मन्दिरहरुमा पनि नवरात्रका अवसरमा पूजासहित जात्रा हुने गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update