Sagun Khabar
बैतडीको थालिगडामा रामलीला महोत्सव शुरु 

बैतडी –बैतडीमा रामलीला महोत्सव शुरु भएको छ ।दशरथचन्द नगरपालिका ६ स्थित कालिका मावि थालिगडाको प्रांगणमा शुक्रबारदेखि रामलीला महोत्सव शुरु भएको हो । 

कालिका सांस्कृतिक समाजको आयोजनामा गणेश पूजनसहित रामलीला महोत्सवको शुरुवात गरिएको समाजका अध्यक्ष कर्णबहादुर चन्दले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

रामलीला महोत्सव उद्दघाटन सत्रमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ), नगर प्रवक्ता अजबबहादुर पाण्डे, वडा नं ६ का अध्यक्ष महेन्द्र कार्की लगायतका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 

भगवान रामचन्द्रको जीवनगाथा आधारित रामलीला महोत्सव १३ दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

धर्म संस्कृतिको जगेर्ना, सामूहिक विकासको भावना र असल चरित्रका नागरिक निर्माणको उद्देश्यसहित महोत्सवको आयोजना गरिएको अध्यक्ष चन्दले बताए । 

थालिगडामा बर्षौं पहिलादेखि रामलीला महोत्सवको आयोजना गर्ने गरिएको र सोही महोत्सवबाट संकलित रकमले कालिका मावि थालिगडामा सहयोग गर्दै आएको कालिका सांस्कृतिक समाजले जनाएको छ ।  

रामलीला महोत्सव भगवान रामचन्द्रको जीवनमा आधारित नाटक प्रदर्शन भइरहेकाले सबैलाई सहभागिताका लागि आग्रह गरिएको छ ।  
 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update