Sagun Khabar
दशैंको समयमा बैतडीका शक्तिपीठ र मन्दिरहरुमा हजारौंले दर्शन गरे 

बैतडी –दशैंको समयमा बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा हजारौं दर्शनार्थीहरुले दर्शन गरेका छन् । दशैंको घटस्थपनादेखि पूर्णिमासम्मको १५ दिनको अवधिमा जिल्लाभरी हजारौं धार्मिक पर्यटकको आगमन भएको हो । 

जिल्लाका प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, कालशैनी लगायतका शक्तिपीठहरुमा दर्शनार्थीहरुले दर्शन गरेका हुन् । यस्तै सिगास,केदार,  उदयदेव, अनिरुद्र,डाँडाबाघ,गणमेश्वर, देवताल लगायतका मन्दिरहरुमा समेत हजारौं दर्शनार्थीहरुले दर्शन गरेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

शक्तिपीठहरुमा दशैंको समयमा बलिसहित जात्रा हुने भएकाले हजारौं दर्शनार्थीहरुको आगमन भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका सचिव कृष्णप्रकाश बोहराले बताए । महाष्टमीका दिन हजारौं दर्शनार्थीहरुले दर्शन गरेको उनले बताए । 

दशैंको समयमा घटस्थापनादेखि दर्शन गर्नेहरुको शक्तिपीठहरुमा घुइँचो लाग्ने गरेको डिलाशैनी भगवती मन्दिरका पूजारी हरिशचन्द्र भट्टले बताए । बसाइसराई गरेर गएकाहरु समेत दशैंको समयमा पुख्र्यौली थलोमा फर्कने गरेका छन् । दशैंको १५ दिन देवीदेवताहरुका मन्दिरहरुमा दर्शन गर्नेहरुको भीडभाड बढेको थियो । 

बैतडीका शक्तिपीठहरुमा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । दशैंको समयमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, उदयदेव लगायतका धार्मिक स्थलहरुमा भारतीय दर्शनार्थी समेत आगमन भएको दशरथचन्द नगरपालिका ४ का स्थानीय आनन्दमणी भट्टले बताए । 

शक्तिपीठ तथा मन्दिरहरुको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले दर्शनार्थीहरुको संख्या बढेको भट्टले बताए । उनले भने ‘दशैंको समयमा बैतडीमा अन्य समयको तुलना धार्मिक पर्यटकहरु आउने गरेका छन् । विभिन्न शक्तिपीठ र मन्दिरहरुमा दशैंको समयमा भीड लागेको थियो ।’

दशैंको १५ दिन अन्य समयको तुलनामा चहलपहल बढेकाले व्यापार व्यवसायमा पनि केही सुधार आएको मुस्याचोरका व्यापारी मानबहादुर टेरले बताए । दशैंको १५ दिन अन्य समयको तुलनामा ग्राहकहरुको संख्या बढेको उनले बताए । 

Sigas kedar1698726219.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update