Sagun Khabar
कर्ण केदार मन्दिर पुनःनिर्माण अभियान सञ्चालन 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका ७ स्थित प्रसिद्ध कर्ण केदार मन्दिर पुनः निर्माण अभियान सञ्चालन भएको छ । स्थानीय युवाहरुको सक्रियतामा मन्दिर पुनर्निर्माण अभियान सञ्चालन भएको स्थानीय प्रदीपकुमार जोशीले बताए । 

मन्दिरमा गजुर अर्थात गब्युरमा ताम्रपात्र राखेर मन्दिरको पुनर्निर्माण गरिने जोशीले बताए । मन्दिरको पुनःनिर्माणका लागि अहिले सम्म ७६ हजार बढी रकम संकलन भइसकेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

संकलित रकमबाटै मन्दिरको पुननिर्माण गरिने अभियानकर्ताहरुले बताएका छन् । कर्ण केदार मन्दिर स्थानीयहरुको आस्थाको धरोहर भएकाले यसको पुनःनिर्माणमा जुटेको जोशीले बताए । 

डिलाशैनी गाउँपालिका ७ स्थित कर्ण केदार मन्दिरमा हरेक बर्ष दशैंको नवरात्रमा जात्रा हुने गर्दछ । असोज शुक्ल पक्षको षष्ठी र महासप्तमीका दिन जात्रा हुने मन्दिरमा चैत शुक्ल षष्ठी र सप्तमीमा जात्रा हुने गरेको छ । 

सो मन्दिरमा स्थानीय जोशी, भट्ट र धामी समुदायका व्यक्तिहरुले पूजाआजा गर्दै आएका छन् । 

कर्ण केदार मन्दिर पुनः निर्माण अभियानमा सहयोग गर्न चाहने महानुभावहरुले बैंक खातामा रकम जमा गर्न सक्नेछन् । यसका लागि प्रदीपकुमार जोशीको कुमारी बैंकमा रहेको खाता नम्बर 0880144047800001मा रकम जमा गर्न सक्नेछन् । यस्तै ९८४९७५३२८१ नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update