Sagun Khabar
अछाममा अटो दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु 

अछाम – अछाममा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

बुधबार राति दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक कमलबजार नगरपालिका वडा नम्बर–४ का दिपक बोहरा र वडा नम्बर–२ का जनक खड्काको उपचारको लागि जिल्ला अस्पताल अछाम ल्याउने क्रममा बाटोमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५५४५ नम्बरको अटो मध्यपहाडी राजमार्ग अन्तर्गत टोट्केसालमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि ४ जना घाइते भएका छन् । 

घाइते हुनेमा कमलबजार नगरपालिका वडा नम्बर–४ का दिनेश साउँद, सोही वडाका लक्ष्मण थापा, वडा नम्बर–८ का बिरेन्द्र बिष्ट र सोही वडाकै देबेन्द्र बिष्ट रहेका छन् । 

घाइते चारै जनाको कमलबजार स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

बुधबार राति १२ बजेतिर अटोको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । अटो सडक बाट ५० मिटर तल खसेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update