Sagun Khabar
लगातारको वर्षाले खेलमैदानको पर्खाल भत्किएपछि विशालपुर माविको भवनमा क्षति 

बैतडी –लगातारको वर्षाले मेलौली नगरपालिका–९ स्थित विशालपुर माविको खेलमैदानको पर्खाल भत्किएपछि विद्यालय भवनमा क्षति पुगेको छ । 

विद्यालय भवनमाथि रहेको खेलमैदानको पर्खाल भत्किएपछि भवनमा क्षति भएको विद्यालयले जनाएको छ । पर्खाल भत्किएपछि विद्यालयका तीनओटा कक्षाकोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भएको एक कोठामा आंशिक क्षति भएको विद्यालयले जनाएको छ । 

विद्यालय भवनमा क्षति पुगेपछि पठनपाठन कार्यमा बाधा पुग्ने विद्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १३:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update