Sagun Khabar
श्रीमतीेको हत्या आरोपमा श्रीमान पक्राउ 

अछाम – अछाममा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । मंगलसेन नगरपालिका –३ लाछिमनाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका छन् ।

उर्मिलाका माइती पक्षले बुधबार श्रीमान शेरबहादुर नाममा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक देखिएको र पोष्टमार्टम रिपोट आएपछि थप कुरा खुल्ने उनले बताए । 

मृतक उर्मिलाका भदा पुष्पकुमार विष्टले फुपू उर्मिलाको हत्या भएको दाबी गरे । यसअघि पनि पटक–पटक मदिरा सेवन गरेर कुटपिट गर्ने र यातना दिने गरेको उनले बताए । 

दोषीलाई उम्कन नदिनका लागि अनुसन्धान गर्ने निकाय र अन्य सरोकारवाला निकायलाई अनुरोध गरिरहेको उनले बताए । हत्या आरोपमा पक्राउ परेका शेरबहादुर हालै नेपाल प्रहरीको जागिरबाट रिटायर्ड भएका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update