Sagun Khabar
बझाङको सूर्मा सरोवर हिमालमा पहिलो पटक सफल आरोहण 

बझाङ –बझाङको सूर्मा गाउँपालिकामा पर्ने सूर्मा सरोवर (नर्थ) हिमालको सफल आरोहण भएको छ । ६ हजार ५२३ मिटर अग्लो उक्त हिमालको पूर्वी मोहडाबाट पहिलो पटक संयुक्त अधिराज्य (युके) का आरोहीहरुले सफल आरोहण गरेका हुन् । ।

स्कटल्याण्डका आरोही पल राम्सडेनको नेतृत्वमा गएको टोलीले उक्त हिमालको सफल आरोहण गरेको र यो टोली पहिलो भएको नेपाल पर्यटन विभागका सम्पर्क अधिकृत वसन्तराज जोशीले बताए । पलको टोलीमा रहेका अर्का आरोही टिम मिलरले पनि उनिसँगै सूर्मा सरोवरको सफल आरोहण गरेको जोशीले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

उनीहरु चार जनाको आरोहण दलमा गएका भए पनि दुइ जनाले मात्रै सफल आरोहण गर्न सफल भएको ट्राभल कम्पनी आइस एट थाउजेन्ट प्रालिका शंकर रावतले बताए । उनीहरुलाई दावा साङगे शेर्पाले पथप्रर्दशन गरेका थिए ।

सूर्मा सरोवर हिमालको आरोहण पूर्व उनीहरुको टिमले बाटो पत्ता लगाउने क्रममा करिब तीन हप्ता साइपाल गाउँपालिकाको शालिमोर उपत्यकामा बिताएको थियो ।

अहिले सम्म कसैले नचढेको नयाँ हिमाल विश्व विख्यात आरोहीको टोलीले सफल आरोहण गरेकोमा खुसी लागेको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए ।

बझाङको साइपाल क्षेत्रमा मात्रै पाँचहजार मिटर भन्दा अग्ला दुइ सय बढी हिमाल रहेको र अधिकांस हिमालहरुको नामाकरण समेत हुन नसकेको बताउँदै उनले बझाङ जिल्लामा रहेका हिमाल प्रर्वद्धनको लागि नेपाल सरकारबाट विषेश पहल हुनु पर्नेमा जोड दिए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update