Sagun Khabar
बैतडीको दशरथचन्द नगरपालिका क्षेत्रभित्र मंसिर ६ गते सार्वजनिक बिदा 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका क्षेत्रभित्र बुधबार अर्थात मंसिर ६ गते सार्वजनिक बिदा दिइएको छ । दशरथचन्द नगरपालिका ८ पुजारागाउँस्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

रणशैनी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा नगर प्रमुखस्तरीय निर्णय गर्दै बुधबार नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय लगायतमा सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । 

त्रिपुरासुन्दरी भगवती मन्दिरमा मंगलबार र बुधबार जात्रा लाग्दैछ । सो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहने गर्दछ ।  

DCM1700471834.jpg

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्