Sagun Khabar
बैतडीका प्रसिद्ध महारुद्र र शिवनाथ धाममा जात्रा शुरु 

बैतडी –बैतडीका प्रसिद्ध धार्मिक स्थलमध्येका महारुद्र धाम र शिवनाथ धाममा आजदेखि जात्रा शुरु भएको छ । 

पाटन नगरपालिका –२ स्थित महारुद्र धाममा कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा हुने परम्परा अनुसार आजदेखि जात्रा शुरु भएको स्थानीय नन्दसिंह ऐरले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

आज सिमोडास्थित भण्डार घरबाट भण्डार लगेर महारुद्र धाममा जात्रा शुरु भएको उनले बताए । महारुद्र धाममा हरेक बर्ष कार्तिक शुक्ल सप्तमीको राति र अष्टमीको बिहान पूजाआजासहित जात्रा हुने गरेको मन्दिरका पूजारी शिवदत्त अवस्थीले बताए । 

महारुद्र देवताको भण्डार घर सिमोडाबाट बाजागाजासहित महारुद्र धाममा जात्रा पुगेको छ ।सो जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहेको छ । महारुद्र देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

कार्तिक शुक्ल अष्टमीको बिहान महारुद्र देवताको पूजाआजापछि सोही पूजा सामग्री लिएर बेताल देवताको मन्दिरमा समेत जात्रा हुने गरेको ऐरले बताए । 

यस्तै शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा पनि आजदेखि जात्रा शुरु भएको छ । सो मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन ठूलो जात्रा लाग्ने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

शिवनाथ मन्दिरको जात्रामा दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुगेका छन् ।  यो जात्रामा छालाको भकुण्डो खेल्ने चलन समेत रही आएको छ । 

शिवनाथ धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update