Sagun Khabar
त्रिपुरासुन्दरीका दर्शनार्थीलाई निःशुल्क चिया 

बैतडी–बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरको दर्शनका लागि आएका दर्शनार्थीहरुलाई निशुल्क चियाको व्यवस्था गरिएको छ । जात्राको अवसरमा दर्शनका लागि आएका दर्शनार्थीहरुलाई त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका तर्फबाट निशुल्क चियाको व्यवस्था गरिएको हो । 

दर्शनार्थीहरुको सहजताका लागि निशुल्क रुपमा शुद्ध चिया खुवाउने कार्यक्रम तय भएको र सोही अनुसार दर्शनार्थीहरुलाई चिया उपलब्ध गराउने गरिएको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

दर्शनका लागि आएकाहरुले होटेल तथा अन्य ठाउँमा चियापान नगर्ने भएकाले उनीहरुको सहजताका लागि मन्दिर सेवा समितिका तर्फबाट निशुल्क चियाको व्यवस्थापन गरिएको हो । 

यस्तै दर्शनार्थीहरुको सहजताका लागि बास बस्न त्रिपालको समेत व्यवस्था गरिएको थियो । चिसोबाट बच्नका लागि हिजो राति पालको व्यवस्थापन गरिएको थापाले बताए । 

त्रिपुरासुन्दरी भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु मन्दिरमा पुगेका छन् । मन्दिरमा हिजोदेखि शुरु भएको जात्रा आज राँगाको बलिसहित सकिनेछ । 

त्रिपुरासुन्दरीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुगेका छन् । त्रिपुरासुन्दरीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update