Sagun Khabar
जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण 

बैतडी–बैतडीका एक जना युवाले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका ७ घर भएका प्रदीपकुमार जोशीले आफ्नो जन्मदिनको अवसरमा आज शैक्षिक सामग्री वितरण गरेका हुन् । 

डिलाशैनी गाउँपालिका ७ स्थित लखैनाथ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कापी र कलम वितरण गरिएको जोशीले बताए । जन्मदिनको अवसरमा अन्य चिजमा फजुल खर्च गर्नुभन्दा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको जोशीले बताए । 

सामाजिक क्षेत्रमा क्रियाशील रहेका जोशीले आफ्नो क्षेत्रमा केही सहयोग गर्नुपर्छ भन्ने उद्देश्यसहित शैक्षिक सामग्री वितरण गरेको उनले बताए । बुवाआमाको प्रेरणाले आफू समाजसेवामा लागिरहेको समेत उनले बताए । 
 
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update