Sagun Khabar
बैतडीको जगन्नाथ धामको जात्रा मंसिर १० गते 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीको सदरमुकाम गढीस्थित प्रसिद्ध जगन्नाथ धामको जात्रा यही मंसिर १० गते हुने भएको छ । हरेक बर्ष कार्तिक शुक्ल पूर्णिमाको राति जगन्नाथ मन्दिरमा जात्रा लाग्ने गरेको स्थानीय उद्धवसिंह मार्कण्डले बताए । 

जगन्नाथको जात्रामा टाढाटाढाका दर्शनार्थीहरु समेत आउने गरेका छन् । भगवान शिवको रुपमा जगन्नाथ मन्दिरमा पूजाआजा गर्ने गरिएको उनले बताए । 

जगन्नाथ मन्दिरको जात्रामा सदरमुकाम आसपासका साथै अन्य क्षेत्रका दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । जगन्नाथको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update