Sagun Khabar
आज हरिबोधनी एकादशी, पुर्चौंडी नगरपालिकामा स्थानीय बिदा 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाले आज पनि स्थानीय बिदा दिएको छ । नगरपालिका क्षेत्रको मुख्य धार्मिक स्थल मध्येको त्रिवेणी राताशीला धाममा गिरेगडा कफलखाना जात्राको अवसरमा बिदा दिएको नगरपालिकाले जनाएको छ ।

त्रिवेणी राताशीला धाममा हरेक बर्ष कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीमा ठूलो जात्रा लाग्ने गर्दछ । सो जात्रामा पुर्चौंडी नगरक्षेत्रका साथै आसपासका क्षेत्र र अन्य जिल्लाबाट समेत दर्शनार्थीहरु पुग्ने गरेका स्थानीयहरुले बताएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

गिरेगडा कफलाखाना जात्राको अवसरमा नगरपालिकाले हिजो पनि स्थानीय बिदा दिएको थियो । हिजोदेखि शुरु भएको जात्रा आज समापन हुने गर्दछ । यो जात्रामा भकुण्डो खेल्ने चलन रही आएको छ । 

जात्रामा बाजागाजा बजाएर भकुण्डो खेल्ने प्रचलन रहेको र यो नै जात्राको मुख्य आकर्षण रहेको स्थानीय विरेन्द्र कुँवरले बताए । 

यसका साथै कफलखाना गिरेगडा जात्रामा स्थानीय उत्पादनको समेत व्यापार व्यवसाय हुने गरेको छ । स्थानीयहरुले उत्पादन गरेका फलफूल, दाल, लगायतका खाद्यसामग्रीका साथै अन्य वस्तुहरुको समेत जात्रामा विक्रि वितरण हुने गरेको कुँवरले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update