Sagun Khabar
बैतडीको प्रसिद्ध गणमेश्वर मन्दिरमा आज र भोलि जात्रा 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ को सिमानामा अवस्थित प्रसिद्ध गणमेश्वर मन्दिरमा आज र भोलि जात्रा लाग्दैछ । पञ्चेश्वर गाउँपालिकाको बिजुलमा रहेको भण्डार घरबाट भण्डार लगेर आज राति मन्दिरमा पूजाआजा हुने स्थानीय नरेन्द्र कलौनीले जानकारी दिए । 

हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी अर्थात बैकुण्ठ चतुर्दशीको राति मन्दिरमा पूजाआजा हुने गरेको छ । आज राति गणमेश्वर मन्दिरमा बाजागाजासहित विभिन्न स्थानबाट जात्रा ल्याउने चलन रही आएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

भोलि कार्तिक शुक्ल पूर्णिमाको बिहान पनि मन्दिरमा पूजाआजा हुने र दिनभरी मेला लाग्ने कलौनीले बताए । 

गणमेश्वर देवताको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । गणमेश्वर देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

गणमेश्वर मन्दिरमा लाग्ने जात्राको अवसरमा पञ्चेश्वरको रन्तोली, धिरमडा, जेबलकटट्या, पाटनको बगाडी लगायतका क्षेत्रबाट बाजागाजासहित जात्रा लैजाने चलन रही आएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update