Sagun Khabar
बैतडीको फाल्ङासैनी भगवती मन्दिरमा यो बर्ष जात्रा नहुने 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–५ स्थित प्रसिद्ध फाल्ङासैनी भगवती मन्दिरमा जात्रा नहुने भएको छ । हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन दुई दिन जात्रा हुने यो मन्दिरमा यो बर्ष जात्रा नहुने मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । 

मन्दिरका भण्डारेलाई जुठो परेकाले यो बर्ष फाल्ङासैनी भगवती मन्दिरमा जात्रा नहुने भएको हो । हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन राँगाको बलिसहित जात्रा हुने गरेपनि यो बर्ष जात्रा नहुने बताइएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

फाल्ङासैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा भवानी जात भन्ने चलन रही आएको छ । 

खेत जोत्दा हलोको फालीबाट शक्तिस्वरुपा दुर्गाको उत्पत्ति भएकाले यिनको नाम फाल्ङासैनी रहन गएको किम्वदन्ती रहेको छ । फाल्ङासैनी भगवतीको दर्शन गरेमा मनोकामान पूर्ण हुने जनविश्वास रही आएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update