Sagun Khabar
बैतडीको मेलौलीमा प्रसिद्ध ‘देहीजात’शुरु

बैतडी –बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा ‘देहीजात’ शुरु भएको छ । हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा आजदेखि शुरु भएको हो । 

आज विभिन्न ठाउँमा मन्दिरमा बाजागाजासहित भण्डार ल्याउने चलन रही आएको छ । आज रातभरी मेलौली भगवती मन्दिरमा पूजाआजा गर्ने चलन रही आएको छ । मेलौली नगरपालिकाका विभिन्न स्थानबाट बाजागाजासहित जात्रा ल्याउने चलन रही आएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यो जात्रामा राँगाको बलिसहित दिने गरिएको छ । जात्रा शुरु भएसंगै मेलौलीमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । मेलौली भगवतीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुगेका छन् । मेलौली भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले बताए । 

यो जात्रामा आफन्तहरुसँगको भेटघाटका लागि समेत धेरै मानिसहरु पुग्ने गरेका छन् । एकै पटक धेरै जना आफन्तहरुसंग भेटघाट हुने भएकाले यसलाई सामाजिक सदभावको जात्राको रुपमा समेत लिने गरिएको छ । 

यस्तै जात्रामा स्थानीय उत्पादनले समेत बजार पाउने गरेको छ । यो जात्रामा यहाँको लोकप्रिय खाना माँडा समेत पाइने गरेको छ । आफन्तजन तथा इष्टमित्रहरुका लागि जात्रामा आउनेहरुले माँडा लिएर आउने प्रचलन रहेको छ ।

जात्राको अवसरमा मेलौली नगरपालिकाले दुई दिन सार्वजनिक बिदा समेत दिएको छ । आज र भोलि दुई दिन नगर क्षेत्रभित्र सार्वजनिक बिदा रहेको मेलौली नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update