Sagun Khabar
विद्यार्थीहरुलाई बित्तीय साक्षरताबारे जानकारी प्रदान 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीमा विद्यार्थीहरुलाई बित्तीय साक्षरताबारे जानकारी दिइएको छ । सुर्नया गाउँपालिका २ स्थित नेपाल राष्ट्रिय मावि सिउडे ग्वानीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्ष्मी लघुबित्त बित्तीय संस्था पाटन बैतडी बित्तीय साक्षरताका बिषयमा जानकारी दिएको हो । 

लक्ष्मी लघुबीत्त बित्तीय संस्थाको १३ औं बार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई बिहीबार बित्तीय साक्षरताका बिषयमा जानकारी दिईएको लक्ष्मी लघुबित्त बित्तीय संस्था पाटन बैतडीका प्रमुख दलबहादुर थापाले बताए । 

लक्ष्मी लघुवित्तले ५६ जिल्लामा ९० वटा शाखा सञ्जालमार्फत आफ्नो सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी लघुवित्तका ग्राहक सदस्य संख्या १ लाख ७ हजार ९९७ रहेका छन् । लघुवित्तको निक्षेप २ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने लगानीमा रहेको कर्जा ६ अर्ब ९४ करोड रुपैयाँ रहेको लघुवित्तले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update