Sagun Khabar
बैतडीको शिवनाथले वडामै गएर योजनाको सम्झौता गर्ने 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले वडामै गएर चालु आर्थिक बर्षका योजनाहरुको सम्झौता गर्ने भएको छ । उपभोक्ताहरुलाई सहज होस भनेर वडामै पुगेर योजनाको सम्झौता गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

आफ्नो वडामा सञ्चालन हुने योजनाका बारेमा आम उपभोक्ताहरुलाई जानकारी गराइ वडामा भेला गराउन र सम्झौताका लागि आवश्यक सहजीकरण गर्न सबै वडा कार्यालयहरुलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । 

शुक्रबारदेखि गाउँपालिकाको टोली योजनाहरुको बिषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन र सम्झौता गर्न प्रत्येक वडामा पुग्ने प्रमुख प्रशासकीय अधिकृत महताले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

चालु आर्थिक बर्षमा कार्यान्वयन हुने योजनाहरुको सम्झौताका लागि पालिकाको टोली वडा–वडामा जान लागेको हो । 
शुक्रबार वडा नं १ मा जाने र त्यहाँका २५ ओटा योजनाको सम्झौता गर्ने तयारी गरेको छ । 

यस्तै यही मंसिर १७ गते वडा नं २ मा योजनाको सम्झौता र अभिमुखीकरण कार्यक्रम गरिने छ । उक्त वडामा ४६ ओटा योजनाहरु रहेका बताइएको छ । 

यस्तै मंसिर १८ गते वडा नं ३ मा योजनाको सम्झौता र अभिमुखीकरण गरिने कार्यतालिका छ । उक्त वडामा १८ ओटा योजना कार्यान्वयन हुने प्रमुख प्रशासकीय अधिकृत महताले बताए । 

यस्तै मंसिर १९ गते वडा नं. ४ मा सञ्चालन हुने ३० ओटा योजनाको सम्झौता र अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ भने मंसिर २० गते वडा नं ६ मा सञ्चालन हुने २४ ओटा योजनाको सम्झौता र अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ । 

यस्तै मंसिर २१ गते वडा नं ५ मा सञ्चालन हुने ३४ ओटा योजनाको सम्झौता र अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ भने पालिकाभरीका छुटफुट योजनाहरुको सम्झौता पनि सोही दिन गर्ने कार्यतालिका तय भएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए । 

शिवनाथ गाउँपालिकाभरी चालु आर्थिक बर्षमा १७७ ओटा योजना सञ्चालन हुने बताइएको छ । 

Shibnath suchan1701344887.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update