Sagun Khabar
सिगासमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ७ देखि 

बैतडी –बैतडीको सिगास गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ७ गते देखि सञ्चालन हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद – राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ शैक्षिक सत्र २०८० अन्तर्गत सातौँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ७ गते देखि १० गते सम्म सञ्चालन हुने भएको हो ।

सिगास गाउँपालिकाभरीका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बिहीबार बसेको संयुक्त बैठकले पौष ७ गतेबाट प्रतियोगिता सञ्चाल गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्जुन मावि गाँजरीको  खेलमैदानमा सञ्चालन गर्ने निर्णय भएको उनले बताए । जिल्ला खेलकुद विकास समितिले पौष मसान्तभित्र पालिकाहरुलाई पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न आग्रह गरेपछि सिगासमा पौष पहिलो साता प्रतियोगिता गर्ने तयारी भएको हो । 

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स र छात्राछात्रा कराँते लगायतका खेलकुद सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । 

सिगास गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि विगतदेखि नै पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update