Sagun Khabar
नेकपा एमाले बैतडीले डाँक्यो मंसिर १८ गते बैठक

बैतडी- नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बैतडीले यहि मंसिर १८ गते बैठक डाँकेको  छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग संकल्प यात्रा–२०८० को समिक्षाका लागि जिल्ला कमिटिको बैठक डाँकीएको नेकपा एमाले जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।

बैठकमा  जिल्ला भित्र रहेका केन्द्रिय सदस्य , प्रदेश कमिटी सदस्य, जिल्ला पदाधिकारी एवं  सदस्य, पालिका कमिटीका अध्यक्षहरुलाई बोलाइएको उनले बताए । पुष्पलाल मध्यपहाडी लोकमार्ग संकल्प यात्राको समिक्षाका लागि बैठक डाँकीएको र बैठकमा जिल्ला अधिवशेन र पालिका अधिवेशन लगायतका अन्य विषयमा समेत छलफल हुने उपसचिव भण्डारीले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

 एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको  छ । बिहीवार बैतडीबाट एमालले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको हो । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आरम्भ पछि बैतडीको गोठलापानीमा आयोजित आमसभामा विभिन्न पार्टी परित्याग गरि दर्जनौ  नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका एमालेको  दाबी छ ।

नेकपा  एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं दार्चुला इञ्चार्ज नरेन्द्र बिष्ट एकीकृत समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट पनि एमालेमा फर्किएका छन् । यस्तै एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारी लगायतका एकीकृत समाजवादी बैतडीका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित सरस्वती कोली र उनका पति  नेपाल दलित संघको अध्यक्ष रही सकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् । विभिन्न राजनितिक दल र एमाले छाडे गएका दर्जनौ नेता कार्यकर्ता  फर्किएकाले बैतडीमा एमाले अझ बलियो बन्दै गएको एमाले बैतडीका  नेताहरुको भनाई छ ।

एमाले जिल्ला कमिटिको बैठक १८ गते  बिहान ११ बजे पार्टी कार्यालय गढी स्थित सभाहलमा बस्ने बताइएको  छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update