Sagun Khabar
असोज २५ मा बेपत्ता भएकी बैतडीकी कल्पना अझै भेटिइनन् 

बैतडी- बैतडीकी कल्पना अहिले सम्म  भेटिएकी छैनन् । गत असोज २५ गते बेपत्ता भएकी  जिल्लाको सुर्नया गाउँपालिका ८ दोराकी २० बर्षीया कल्पना महरा अहिले सम्म  नभेटिएकी हुन्  ।

 असोज २५ गते  साँझबाट  बेपत्ता कल्पना अहिले  सम्म सम्पर्कमा  नआएकी आफन्त मान बहादुर  महराले जानकारी दिए । घर नजिकैको खरबारिमा गोरु चराउन गोठालो गएकी कल्पनाको  अहिले सम्म अत्तोपत्तो नलागेको उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

कल्पनाका काका महराले भतिजि बेपत्ता भएको  झण्डै दुइ महिना हुनै लाग्दा समेत न सास न लास केहि पनि फेला नपरेको बताए । कल्पना हराएपछि सबै ठाउँमा सोधखोज गरिएको  भएपनि कतै फेला नपरेकी पारिवारिक स्रोतको भनाई  छ ।

आफन्तहरुका अनुसार कल्पनामा  कहिलेकाँही मुर्छा पर्ने र बेहोस हुने लक्षण समेत देखिने गरेका थिए । कल्पना बेपत्ता भएपछि आफन्तहरुले प्रहरीमा समेत निवेदन दिएका थिए । यता प्रहरीले पनि खोजतलास गर्दा कल्पना कतै नभेटिएकी  र अहिले पनि खोजि कार्य जारी रहेको  जनाएको  छ ।

गहुँगोरो वर्ण,कालो सुरुवाल र सेतो बुट्टा भएको सुट लगाएकी उनलाई  कतै  भेट  नजिकको  प्रहरीमा खबर गरिदिन आग्रह गरिएको   छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update