Sagun Khabar
बैतडीको  पाटन- ३ स्थित सिगास माविले मनायो ५८ औँ बार्षिकोत्सव

बैतडी- बैतडीको सिगास मावि गौरीशङकर पोखरीले मनायो ५८ औँ बार्षिकोत्सव मनाएको छ । जिल्लाको  पाटन नगरपालिका–३ मा रहेको सिगास मावि गौरीशङकर पोखरीले शुक्रबार  ५८ औँ बार्षिकोत्सव मनाएको हो।

 विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरी ५८ औँ बार्षिकोत्सव   मनाइएको विद्यालय परिवारले  जनाएको  छ  । वार्षिकोत्वस कार्यक्रममा विद्यालयका प्रधानाध्यपक मानबहादुर चन्दले २ करोड ४२ लाख ५ हजार १८८ रुपैँया बराबारेका आयव्य प्रस्तुत गरेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

वार्षिकोत्सवको अवसरमा विद्यालयको चौतर्फी विकासका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने तीन जनालाई सम्मान समेत गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिए । विद्यालयका संस्थाक शिक्षक एवं पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाष्कर सिंह केशी, पूर्व विव्यस अध्यक्ष राम बहादुर बिष्ट र कार्यरत सहायक प्रधानाध्यपक नवराज भट्टलाई सम्मान गरेको  उनले बताए ।

 २०२२ सालमा स्थापना भएको सिगास माविमा कक्षा १२ सम्मको पढाइ हुन्छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update