Sagun Khabar
कांग्रेस बैतडीले प्रशिक्षण अभियान सञ्चालन गर्ने 

बैतडी –नेपाली कांग्रेस बैतडी प्रशिक्षण अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले वडा, पालिका, प्रदेश सभा क्षेत्रहरुमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको नेपाली कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्टले बताए । 

नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण गर्ने उद्देश्यसहित आगामी फागुनमा प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टीको संगठनलाई बलियो बनाउने, पार्टीभित्र देखिएको ‘ग्याप’लाई परपूर्ती गर्ने र पार्टीमा युवाहरुलाई जोड्नका लागि प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय भएको उपसभापति बिष्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै बैठकले पुस मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने र माघमा नयाँ सदस्यता वितरण गर्ने जनाएको छ ।

यसअघि बिहीबार कांग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल गरेको थियो । कांग्रेसले जितेका स्थानीय तहहरुमा सरकारहरुले गरेका कामकारवाहीहरुलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल गरिएको उपसभापति बिष्टले बताए । उनले भने ‘हामीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग पनि छलफल गरेका छौं । आगामी दिनमा स्थानीय सरकारहरुका कामहरुलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको छ ।’
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update