Sagun Khabar
नेविसंघका दशरथचन्द नगर संयोजक टेरले बुझाए पार्टीलाई ज्ञापन पत्र, के–के छन् माग ? 

बैतडी –नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघका दशरथचन्द नगरपालिका संयोजक अमरबहादुर टेरले नेपाली कांग्रेसलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाएको छन् ।  

हिन्दू राज्य पुनस्र्थापना, गाजा वैधानिक र प्रदेश खारेजीको माग गरेर पार्टीको जिल्ला कार्यसमितिलाई ज्ञापन पत्र बुझाएको टेरले बताए । पार्टी सभापति चतुरबहादुर चन्दलाई ज्ञापन पत्र बुझाउँदै उनले आफ्ना मागका बिषयमा पार्टीको केन्द्रीय समितिमा जानकारी गराइ दिन आग्रह गरेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

८३ प्रतिशत भन्दा बढी हिन्दू भएको देशलाई हिन्दू राज्य घोषणा गर्नुपर्ने र यसले मात्रै सबै धर्मको रक्षा गर्न सक्ने टेरले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यस्तै गाजा वैधानिक गरेमा धेरै युवाहरुले रोजगारी पाउने र यसबाट आम्दानी गर्न सकिने उनको दाबी छ । 

अहिलेको संघीय संरचना अन्तर्गत प्रदेश संरचना भारमात्रै भएकाले खारेज हुनुपर्ने आफ्नो माग रहेको उनले बताए । स्थानीय सरकारलाई बलियो बनाएर प्रदेश संरचना खारेज गर्नुपर्नेमा उनले जोड दिए । 

नेविसंघका दशरथचन्द नगर संयोजक टेरले बुझाएको ज्ञापन पत्र केन्द्रीय समितिमा पठाइने नेपाली कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्टले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update