Sagun Khabar
बैतडीको पञ्चेश्वरमा आइतबार र सोमबार सार्वजनिक बिदा 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका क्षेत्रभित्र मंसिर १७ गते आइतबार र १८गते सोमबारका सार्वजनिक बिदा दिइएको छ । पञ्चेश्वर गाउँपालिका वडा नं ४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपलिकाले जनाएको छ । 

कैलपाल मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

कैलापाल धुरा जात्राको अवसरमा आइतबार र सोमबार गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

कैलपाल धुरा मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्दै आएको छ । उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । 

जिल्लाका अन्य शक्तिपीठ तथा मन्दिरहरुमा कार्तिक शुक्ल पक्षमा जात्रा लाग्ने गरेको भएपनि पञ्चेश्वरस्थित कैलपाल धुरा मन्दिरमा मंसिर कृष्ण पक्षमा जात्रा लाग्ने गरेको छ । 
panchewor bida1701483203.jpg

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update