Sagun Khabar
बैतडीमा बिडिसिए कप क्रिकेट शुरू,क्यानका अध्यक्ष चन्दद्वारा उद्घाटन 

बैतडी –बैतडीमा आजदेखि बिडिसिए कप जिल्लास्तरीय  एकदिवसीय क्रिकेट प्रतियोगिता शुरू भएको छ ।  प्रतियोगिताको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गरे । दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा अध्यक्ष चन्दले बलिङ  र बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले ब्याटिङ गर्दै उद्घाटन गरेका हुन् । 

उद्घाटनपछि पहिले खेलमा अहिले एनआरवाइसी र पञ्चकोटी भिडिरहेका छन् । पञ्चकोटीले टस जितेर ब्याटिङ गरिरहेको स्कोरर द्रोपती कुँवरले जानकारी दिइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी जिल्ला क्रिकेट संघको  आयोजनामा सञ्चालन हुने  बिडिसिए कपको यो २० औं संस्करण हो ।

प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका  बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए ।

यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको  बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोगटीले बताए ।  

प्रतियोगिताको विजेतालाई ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । 

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update