Sagun Khabar
स्थानीय सरकारले क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्छ : क्यान अध्यक्ष चन्द 

बैतडी–स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकता दिनुपर्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । 

बैतडीको दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा २० औ संस्करणको बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकतामा नराखेको बताए । 

देशको नम्बर १ खेल क्रिकेट बनिसकेको अवस्थामा पनि स्थानीय सरकारहरुले अझै यो खेलको विकासका लागि पहल नगरेको उनको भनाइ छ । उनले भने ‘स्थानीय तहहरूले क्रिकेट  खेलमा लगानी गरिरहेका छैनन् । यसले खेल र खेलाडीप्रति अपमानको महसुस भएको छ ।,  युवाहरूको चाहना क्रिकेटमा छ । तर यो खेलमा लगानी छैन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

देशका उच्चस्तरका नेताहरुले क्रिकेट जित्दा बधाई मात्रै दिने गरेका तर यसको विकासमा ध्यान जान नसकेको चन्दले बताए । 

गृहजिल्ला  बैतडीको क्रिकेटमा ठुलो योगदान रहेको बताउदै क्यान अध्यक्ष चन्दले यहाँका स्थानीय सरकारले भौतिक पुर्वाधार निर्माण कार्य प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । 

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा खेलमैदान रहेपनि दशरथचन्द नगरपालिकाले मैदान संरक्षण र निर्माणमा ध्यान नदिएको चन्दको टिप्पणी छ । 

वि स २०५५ सालमा बैतडी जिल्ला क्रिकेट संघ स्थापना भएको र २०५७ सालमा जयट्रफीबाट  बैतडीले राष्ट्रिय प्रतियोगिता खेलेको थियो । बैतडीमा दशरथचन्द मोमेरियल क्रिकेटले बैतडी क्रिकेटको शुरूवात र बेस बनेको हो । 

आफू राजनीतिभन्दा माथि उठेर क्रिकेटको विकासका लागि लागिपरेको बताउदै निर्माणाधिन दशरथचन्द क्रिकेट मैदानका लागि आफ्नै पहलमा सरकारले ५० लाख बजेट सरकारले छुट्याएको उनले बताए । 

खेलाडीका लागि अनुशासन मुख्य कुरा भएकोले यसमा ध्यान दिन अनुरोध गर्दै चन्दले राम्रो प्रदर्शन गर्ने  खेलाडीलाई  अन्याय हुन नदिने बताए । 

यस्तै उद्घाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले क्रिकेटले नेपाललाई विश्वमा नै चिनाएको भएपनि पुर्वाधारमा निर्माणमा पछाडि रहेको बताए । 

प्रतियोगिताको उद्दघाटन सत्रमा बोल्दै बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले खेलाडी हितकोश स्थापनाको तयारी भइरहेको बताए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update