Sagun Khabar
बैतडीमा १७ बर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ 

बैतडी –बैतडीमा १७ बर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका ३ गुजरका २१ बर्षीय राजेश लुहारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

पीडित किशोरीले दिएको जाहेरी अनुसार लुहारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

गएको जेठ १० गते राति किशोरीलाई लुहारले जबरजस्तीकरणी गरेको उजुरी प्रहरीमा परेको छ । सोही उजुरीको आधारमा शुक्रबार इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले युवकलाई पक्राउ गरेको प्रहरी निरीक्षक खत्रीले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खत्रीले बताए । पक्राउ परेका लुहारमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update