Sagun Khabar
बैतडीमा बिडिसिए कप क्रिकेट शुरू,उद्घाटन खेलमा एनआरवाइसी विजयी 

बैतडी –बैतडीमा आजदेखि बिडिसिए कप  जिल्लास्तरीय  एकदिवसीय क्रिकेट प्रतियोगिता शुरू भएको छ । 

उद्घाटन खेलमा एनआरवाइसी बठ्ठा विजयी भएको छ । एनआरवाइसीले पञ्चकोटी क्रिकेट क्लब,बुड्डालाई ६ विकेटले पराजित गर्याे । 

जितका लागि पाएको ९८ रनको झिनो लक्ष्य एनआरवाइसीले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे । जसमा कल्पेश चन्दले अविजित ३९ र प्रदीप चन्दले ३६ रनको योगदान गरे। एक समय १५ रन जोड्दा २ विकेट गुमाएर धर्मराएको पारीलाई प्रदीप र कल्पेशले ७६ रनको साझेदारी गर्दै जित सुनिश्चित गरे । 

स्वास्थ्य सन्देश
Atrya hospital

पञ्चकोटीका कैलाश बुडालले २ विकेट  लिए । 

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्चकोटी २२.३ ओभरमा ९७ रनमा अलआउट भयो । उसका सुमित बुडालले सर्वाधिक २८ रन बनाए। एनआरवाइसीका भुपेन्द्र चन्दले ४ र प्रदीप चन्दले ३ विकेट हात पारे । 

अलराउन्डर प्रदर्शन गरेका प्रदीप खेलका म्यान अफ द म्याच भएका स्कोरर द्रोपती कुँवरले जानकारी दिइन् । 

त्यसअघि प्रतियोगिताको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर  चन्दले बलिङ  र बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले ब्याटिङ गर्दै  उद्घाटन  गरेका थिए । 

बैतडी जिल्ला क्रिकेट संघको  आयोजनामा सञ्चालन हुने  बिडिसिए कपको यो २० औं संस्करण हो । 

प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका  बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए ।

यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। 

विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताए । 

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र  उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने  बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update