Sagun Khabar
बाशुलिङ्ग धार्मीक सेवा समितिको  पहिलो बैठक सम्पन्न, यस्ता छन निर्णय

बैतडी- बाशुलिङ्ग धार्मीक सेवा समितिको पहिलो बैठक सम्पन्न भएको छ । बैतडीको  सुर्नया गाउँपालिका वडा नं २ र ३ मा पर्ने प्रशिद्ध धार्मिक स्थल बाशुलिङ्ग धामको विकासका लागि गठित समितिको शनिवार  पहिलो बैठक सम्पन्न्न भएको  हो ।

बाशुलिङ्ग धार्मीक सेवा समिति  अध्यक्ष गणेश दत्त भट्टको अध्यक्षतामा वडा नं ३ को देवरुखमा बसेको बैठकले विभिन्न निर्णय गरेको समितिका उपाध्यक्ष बिनोद प्रसाद  भट्टले जानकारी दिए । विभिन्न आठ ओटा निर्णय पारित गरेर बैठक सम्पन्न भएको उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

बाशुलिङ धार्मीक सेवा समितिमा भूगोल समेटेर १० प्रतिशत सदस्य थप तथा मनोनित गर्ने निर्णय भएको छ  । यस्तै बाशुलिङ्ग धार्मीक सेवा समितिको प्रवक्ता तोक्ने निर्णय समेत गरिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्षको नाममा खाता खोल्ने, बाशुलिङ्ग धार्मीक बन क्षेत्रलाई धार्मीक  वन दर्ताका लागि डिभिजन  वन कार्यालय बैतडीलाई  सिफारिस गर्ने , बाशुलिङ्ग धामको  विकासका लागि अक्षय कोष स्थापना र सेवा कोष खडा गर्ने , बाशुलिङ्ग मन्दिर धार्मीक सेवा सल्लाहकार समिति गठन गर्ने समेत निर्णय गरिएको उपाध्यक्ष भट्टले  बताए ।

यस्तै गत जेठमा गठित  समितिका पदाधिकारीहरुलाई    सपथ समेत खुवाइएको   छ । बाशुलिङ्ग  देवताका मूलपूजारी  धर्मान्नद भट्टले  समितिका पदाधिकारीहरुलाई सपथ खुवाएका हुन् । समितिका पदाधिकारीहरुले बाशुलिङ्ग महाराजको  पुण्य भूमीमा उभिएर  यस  समितिको हानी, नोक्सानी,  विधान  विपरित कार्य, भ्रष्टाचार  र  अनियमितता जस्ता  कुनै  कार्य गर्ने  छैन् , साथै श्रद्धालु  भक्तजनहरुले  सेवा अर्पण गरेको जिन्सी, नगदि र भौतिक  संरचनाको पूर्ण  संरक्षणमा कटिवद्ध रहि बाशुलिङ्ग  महाराज साँची राखेर  सेवा भावमा  पूर्ण तल्लीन रहने छु भनेर सपथ खाएका हुन् । 

धामको विकासका लागि सुरु भयो आर्थिक संकलन  अभियान
बाशुलिङ्ग धामको विकासका लागि आर्थिक संकलन अभियान पनि सुरु भएको छ । समितिको पहिलो बैठकमा १ लाख १ हजार ५ सय ३० रुपैँया संकलन भएको छ ।  समितिमा आवद्ध सदस्यहरुबाट सो रकम संकलन भएको बाशुलिङ्ग धार्मीक सेवा समितिका सदस्य भान बहादुर चन्दले जानकारी दिए ।

file 31701529615.jpg

समितिका पदाधिकारी लगायत १६ जना कर्ता परिवारबाट  रकम संकलन भएको उनले बताए । बाशुलिङ्ग धामको  विकासका लागि आफुहरु  नयाँ सिराबाट गइरहेका उनले  बताए ।

बाशुलिङ्ग धामको श्रीवृद्धिका लागि आफुहरु लागि परेका भन्दै  सदस्य चन्दले अक्षय कोष कर्ता  परिवार  बन्नका लागि  श्रद्धालुहरुलाई अपिल समेत गरेका छन् । 
कर्ता परिवार बन्न इच्छुक व्यक्तिहरुले तलका नम्बरहरुमा सम्पर्क गर्न सक्ने  छन् । 
गणेश दत्त भट्ट
९८४८९७१७५५
नवराज भट्ट
९८४८८४५५३३
भान बहादुर  चन्द 
९८४८८८८०७८
बिनोद प्रशाद भट्ट
९८४८४७२७९७
मोहन बहादुर  विष्ट
९८४८ ८५ ३८ ६२

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update