Sagun Khabar
बैतडीको पञ्चेश्वरमा आज पनि सार्वजनिक बिदा 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकामा आज पनि सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाको वडा नं ४ स्थित कैलपाल धुरा मन्दिरमा लागेको जात्राको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । 

कैलपाल धुरा मन्दिर जात्राको अवसरमा गाउँपालिकाले हिजो र आज गरी दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजीम आज पनि गाउँपालिकाभरीका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा रहेको छ । 

Atrya hospital

कैलपाल धुरा मन्दिरमा आइतबारदेखि शुरु भएको जात्रा आज समापन हुने गर्दछ । उक्त मन्दिरमा हरेक बर्ष मंसिर शुक्ल पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा हुँदै आएको छ । कैलपाल धुरा जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । 

यस्तै कैलपाल धुरा मन्दिर जात्राको अवसरमा आज देउडा प्रतियोगिता पनि हुँदैछ । स्थानीय कला–संस्कृतिको जगेर्नाका लागि देउडा प्रतियोगिताको आयोजना गरिएको जनाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update