Sagun Khabar
बिडिसिए कप क्रिकेटः आज कुनै पनि खेल नहुने 

 बैतडी-  बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप  जिल्लास्तरीय  एकदिवसीय क्रिकेट प्रतियोगितामा आज कूनै पनि खेल नहुने भएका छन्। खेलतालिकामा आज जनसेवा र नवजागृतीबीच खेल हुने भनिएकोमा जनसेवा अनुपस्थित भएपछि खेल नहुने भएको हो। 

जनसेवा अनुपस्थित भएसंगै नवजागृतीले बाई पाउदै दुई अंक पाएको स्कोरर दीपेन्द्रबहादर बोहराले बताउनुभयो । 
जनसेवाले प्रतियोगितामा सहभागी हुन नसक्ने जनाएको छ। प्रतियोगिता अन्तरगत भोलि एनआरवाइसी र नवजागृती भिड्नेछन्। 

Atrya hospital

बुधबार र बिहीबार कुनै पनि खेल नहुने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए  । 
शुक्रबारदेखिका खेलहरू भने यसअघि सार्वजनिक  खेलतालिकाअनुसार नै हुने जनाइएको छ।    बैतडी जिल्ला क्रिकेट संघको  आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ।

प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका छन्।  यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको  बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताए  ।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र  उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने  बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

१९ औं संस्करणको उपाधि  पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update