Sagun Khabar
सकियो धुरा जात 

बैतडी–बैतडीको प्रसिद्ध धुरा जात सम्पन्न भएको छ । पञ्चेश्वर गाउँपालिका–४ स्थित कैलपाल धुरा मन्दिरमा हरेक बर्षको मंसिर कृष्ण पक्ष षष्ठी र सप्तमी तिथीमा लाग्ने धुरा जात आज सम्पन्न भएको हो । 

आइतबार (हिजो)देखि शुरु भएको जात्रा आज सम्पन्न भएको स्थानीय नारायणराम सार्कीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

धुरा जातमा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुको सहभागिता रहेको थियो । जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहेको पञ्चेश्वर गाउँपालिका वडा नं ४ का अध्यक्ष जनकबहादुर चन्दले बताए । 

धुरा जातको अवसरमा पञ्चेश्वर गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको थियो । यस्तै जात्राको अवसरमा देउडा प्रतियोगिता समेत सम्पन्न भएको छ । स्थानीय कला र संस्कृतिको जगेर्नाका लागि जात्राको अवसरमा देउडा प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष चन्दले बताए । 

जात्रालाई व्यवस्थित बनाउन जात्रा अवधिभर मेलास्थल र आसपासका क्षेत्रलाई मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषणा गरिएको थियो । 

धुरा जातलाई स्थानीयहरुले आपसी भेटघाट र सदभावको जात्राको रुपमा लिने गरेका छन् । यो जात्रामा टाढाका आफन्तहरुसंग समेत भेटघाट हुने गरेको स्थानीय प्रिया चन्दले बताइन् । 

यस्तै जात्रामा स्थानीय उत्पादनको समेत विक्रि वितरण हुने गरेको छ । स्थानीयस्तरमा उत्पादन विभिन्न वस्तु र सामग्रीहरुको कारोबार हुने भएकाले आर्थिक हिसाबले समेत यो जात्रा निकै महत्वपूर्ण रहेको स्थानीय नरेन्द्र चन्दले बताए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update